सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रातो मच्छिन्द्रनाथको रथारोहण गराइयो, तस्बिरमा हेर्नुहोस्

शनिबार, १० साउन २०७७, १५ : ४५
शनिबार, १० साउन २०७७

काठमाडौं । शनिबार ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि यो वर्ष कोभिड—१९ का कारण केही समय ढिला भएको हो । 

रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्ने भएपनि कोरोनाका कारण यो वर्ष सम्भव नभएको बताए । असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भएपनि कोभिड—१९ संक्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइज आज परेकाले आज नै रथारोहण गरिएको उनले बताए । 
रथारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उनले बताए । 

जात्रामा २० जनाभन्दा बढीलाई सहभागि नगराइने निर्णय भएपनि उल्लेख्य सहभागिता रहेको थियो । पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।

तस्बिरहरुः सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप