सैनामैनामा पिकअप भ्यान र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते
बुटवल । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठेगानाका ३६ वर्षीय खेमराज परियार गम्भीर घाईते भएका छन् भने २५ वर्षका यमराज घर्तीमगर, ३५ वर्षकी चनु घर्तीमगर, पिकअपका चालक २३ वर्षीय तेजेन्द्रबहादुर बुढा र दाङ राप्ती गाउँपालिका १ का जोठबहादुर घर्तीमगर घाईते भएका छन् ।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको ट्राफिक प्रहरीले बुटववले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण