करन जोहरका साथी तथा धर्मा प्रोडक्सनका सिइओलाई प्रहरीले नोटिस पठायो, महेश भट्टसँग पनि हुनेछ सोधपुछ
सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा अब बलिउडका ठूला हस्तीलाई पनि बोलाइँदैछ । नयाँ नाम धर्मा प्रोडक्सनका सिइओ अपूर्व मेहताको हो जसलाई मुम्बई प्रहरीले २७ जुलाईमा सोधपुछका लागि उपस्थित हुन पत्र पठाएको छ । यद्यपि, आइतबार महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनलाई करन जोहरको म्यानेजर बताएका छन् । अनिलले हालसम्म ३७ जनासँग सोधपुछ भएको र आवश्यकता परे करन जोहरलाई पनि सोधपुछका लागि पठाइने जानकारी दिए । यस्तै महेश भट्टको पनि एक– दुई दिनभित्र सोधपुछ गरिने उनले जानकारी दिए ।
कंगनाको बयानपछि उठाइयो यस्तो कदमः
मुम्बई पुलिसले यो कदम कंगना रनोटको एक बयानपछि उठाएको छ जसमा उनले आदित्य चोपडा, करन जोहर र महेश भट्टमाथि आरोप लगाएकी थिइन् । उनले सुशान्त सिंह राजपूत बलिउडका केही मानिसहरुको गुटबन्दीको शिकार भएकाले डिप्रेशनमा आएको आरोप लगाएकी थिइन् । अनिलले कंगनाको यही कुरा दोहोराए । अनुसन्धानमा के सुशान्त साँच्चै नै गुटबन्दीको शिकार भएका थिए त भनेर अनुसन्धान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण