शत्रुघ्न सिन्हाको खुलासाः गोबिन्दालाई फिल्म इन्डष्ट्रिमा किनारा लगाइयो
फिल्म अभिनेता शत्रुघ्न सिन्हाले बलिउडको समूहवादले गोबिन्दालाई किनारा लगाएको र उनको एक फिल्म पनि खोसेको खुलासा गरेका छन् । शत्रुघ्न सिन्हाले रिपब्लिक टिभीसँगको कुराकानीमा बलिउडमा व्याप्त समूहवाद र भाइ–भतिजावादबारे कुराकानी गरेका छन् । शत्रुघ्नले इन्डष्ट्रिमा यो मुद्दामा कंगना रनोटको असाध्यै तारिफ गरे, उनले अभिनेता गोबिन्दा पनि यो उद्योगमा यसै चतुर्याइँको शिकार भएको उल्लेख गरे ।
आफ्नो कुराकानीमा उनले गोबिन्दालाई इन्डष्ट्रिबाट हटाइएको बारे कुराकानी गरे । शत्रुघ्न सिन्हाले अभिनेता गोबिन्दाको तारिफ गर्दै उनले आफ्नो प्रतिभाले फिल्म इन्डष्ट्रिमा राज गरेको र आफ्नै बलबुँतामा सिकेको पनि बताए ।
शत्रुघ्नले गोबिन्दालाई एक स्व–निर्माता स्टारको संज्ञा दिए जसले एक विद्यार्थी हुनुका साथै शिक्षक भएको आफ्नो जीवनको दोहोरो भूमिका निभाएको बताए । उनले भने, ‘गोबिन्दाले आफूलाई एक कलाकारको रुपमा विकसित गरेका छन् । उनले इन्डष्ट्रिमा टिकिराख्नका लागि आफूले आफैंलाई सिकाएका छन् । उनले सिक्ने क्रम जारी राखे । विशेषगरी आफ्नो नृत्य र टाइमिङ बारे । उनी आफैंमा एक संस्थान बने । हरेक प्रकारका अभिनेता उनीबाट प्रेरित थिए जसले उनको नक्कल गर्दथे र उनको अनुसरण गरिरहेका थिए ।’
शत्रुघ्न सिन्हाले थपे, ‘तर जब गोबिन्दा आफ्नो जीवनमा कठिन परिस्थितीसँग जुध्न थाले तब मानिसहरुले उनलाई दबाउन सुरु गरे । उनको फिल्म खोसियो । उनी त्यसबाट टाढ हुन थाले... मैले सुनो र गोबिन्दा आफैंले पनि सुने कि एउटा छायांकन भइरहेको फिल्मलाई केही मानिसहरुले कब्जा गरे.... फिल्मको एउटा पाटो पहिलै नै सुट गरिसकिएको थियो । यस्ता कुरा पहिला पनि हुन्थे तर अहिले धेरै नै हुन थालेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण