अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
सोमबार, १२ साउन २०७७, १४ : ०८
लश्कर गाह । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ ।
घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ । स्थानीयबासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् । हेल्मान्ड प्रान्तमा तालिबानको प्रभाव अत्यधिक रहेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण