अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
सोमबार, १२ साउन २०७७, १४ : ०८

लश्कर गाह । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ ।
घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ । स्थानीयबासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् । हेल्मान्ड प्रान्तमा तालिबानको प्रभाव अत्यधिक रहेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन