इरान सरकारका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित
एजेन्सी । इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन् ।
उनलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन् । प्रवक्ता रबि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले सोमबार जनाएको छ ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन् । उनीहरुले उनलाई सङ्क्रमण भएपनि खतरा भने नरहेको स्पष्ट पारेका छन् ।
इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोनाभाइरसबाट दर्जनौ राजनीतिज्ञहरु सङ्क्रमित भएका छन् । सोमबारसम्म इरानमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी कोरोनाभाइरसकै कारण इरानमा अहिलेसम्म १५ हजार ९१२ जनाको मृत्यु भएको पनि सरकारी तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण