म्याग्दीमा थप ४ जनामा डेङ्गुः सङ्क्रमितको सङ्ख्या २५ पुग्यो
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा आज थप ४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।
सङ्क्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष आज उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो ।
उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुन्छ । अस्पतालको रेकर्डअनुसार हालसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण