कर्णालीमा फरार अभियुक्त पक्राउ
सुर्खेत । प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन् । प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको छ ।
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतससमक्ष बुझाएको प्रदेश प्रहरी कार्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ । ती अभियुक्तहरुबाट एक वर्ष छ महिना कैद तथा रु २८ हजार ७१३ जरिवाना असुल गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सल्यान प्रहरीले यही साउन ९ गते कुटपिट मुद्दाका चार, नाताकायम र लुटपाट मुद्दाको एक/एक गरी छ, साउन १० गते सवारी ज्यान मुद्दाका तीन, करकाप, सम्बन्धविच्छेद र विविध मुद्दाका एक/एक गरी छ अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाइएको छ ।
त्यस्तै यही साउन ११ गते सवारीज्यान मुद्दा, चेक अन्धर मुद्दाका दुई÷दुई, सम्बन्धविच्छेद, गाली बेइज्जत, जारी मुद्दा तथा करकाप मुद्दाका एक/एक गरी आठ र हिजो (सोमबार) कर्तव्य ज्यान, सवारी ज्यान, जबर्जस्ती करणी, केही सार्वजनिक मुद्दा, जारी मुद्दा, लुटपाट, सम्बन्धविच्छेद मुद्दाका गरी सात जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण