प्रचण्डले भने– कमरेडहरु उत्तेजनामा नआउनुस्, पार्टी विभाजन हुनसक्छ

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए ।
मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले भने, ‘यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ ।’
प्रचण्डले अगाडि भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’
प्रधानमन्त्री अोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक बस्नुअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको भएपनि छलफलमा कुनै निष्कर्ष ननिस्केपछि प्रचण्डले ओली बिना नै बैठक सञ्चालन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
-
सिम्रौनगढ नगरपालिकाका मेयरमाथि प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको आरोप
-
स्रष्टा, साहित्य र समाज
-
पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो
-
लुम्बिनी प्रदेश सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग बजेटबारे सुझाव संकलन
-
लायन्स कप भलिबल: गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा