प्रचण्डले भने– कमरेडहरु उत्तेजनामा नआउनुस्, पार्टी विभाजन हुनसक्छ
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए ।
मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले भने, ‘यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ ।’
प्रचण्डले अगाडि भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’
प्रधानमन्त्री अोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक बस्नुअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको भएपनि छलफलमा कुनै निष्कर्ष ननिस्केपछि प्रचण्डले ओली बिना नै बैठक सञ्चालन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
