सुदूरपश्चिम प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२ जनामा कोभिड–१९ (कोरोना) संक्रमण पुष्टी भएको छ । मंगलबार गरिएको परीक्षणमा १५ महिला र २७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीको गोदावरीमा १८, ३२ वर्षीय पुरुष र ५ वर्षीया बालिकालाई संक्रमण भएको छ भने २८, ३५, २८ र १८ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै ४०, २६, ५१ वर्षीय पुरुष र ६ वर्षीय अर्का बालकमा पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै गोदावरीमै ३०, ४०,२७, २३, २३ र ३६ वर्षका पुरुष र ४ वर्षीय अर्का बालकमा संक्रमण पुष्टि भएको छ । डोटीको सायलका २८,२६,२४,१८,२५,१९, १८,४१, ५०, २०, १८ र ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ भने ३ वर्षीया र ७ महिने बालिकामा समेत संक्रमण पुष्टि भएको छ । त्यहाँ २७ वर्षीय महिला र ५, ८, ५ र १२ वर्षीय बालकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ त्यसैगरी डोटी आर्दशका २१ वर्षिया महिला, ३८, ३२, १८ का पुरुष र बेलौरी ९ कञ्चनपुरका २ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
त्यसैगरी सो अस्पतालबाट हालसम्म १६१९७ जनामा कोभिड–१९ को परीक्षण गरिएको र १४९२३ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए । उनका अनुसार अस्पतालमा २४ घण्टाभित्र १३४ जनामा परीक्षण भएको छ । हालसम्म कैलाली जिल्लामा मात्रै १२७५ जना कोरोना पोजेटिभ फेला परेको श्रेष्ठको भनाई छ । ११९३ जनाको भने अन्यत्र स्याम्पल रहेको उनले बताए । हालसम्म उपचार गरिएको शंकाष्पद संक्रमितको संख्या १७३ जना रहेको र सोमध्ये ७८ जना निको भई घर गइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का