ट्वीटरले डोनल्ड ट्रम्पका जेठो छोरामाथि लगायो प्रतिबन्ध
ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठो छोरामाथि १२ घण्टे प्रतिबन्ध लगाएको छ ।
ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका थिए । यसै कारण उनलाई ट्वीटरले १२ घण्टासम्म कुनै ट्वीट गर्न अनुमती दिएन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित केही व्यक्तिले मलेरियाको यो औषधीलाई कोरोनाभाइरसमा फाइदाजनक बताएका छन् । यद्यपि, अनुसन्धानमा भने यसबारे कुनै पुष्टि भएको छैन ।
ट्वीटरका अनुसार ट्रम्प जुनियरको भिडियो कोभिड–१९ बारे गलत सूचना सम्प्रेषण गर्छ । यो ट्वीटरको नियमको उल्लंघन हो ।
ट्वीटरले बीबीसीसँगको कुराकानीमा आफूले ती व्यक्तिहरुलाई आफ्नो नीति अनुसार कारवाही गरेको जानकारी दिएको छ ।
यद्यपि, प्रतिबन्धकै बीच पनि ट्रम्प जुनियरले आफ्नो अकाउन्टलाई ब्राउज गर्न सक्नेछन् र प्रत्यक्ष मेसेज पठाउन सक्नेछन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण