कोरोनाको उपचारमा ट्रम्पले पुनः हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी बताए
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना संक्रमणको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगको समर्थन गरेका छन् ।
उनले भने, ‘मलेरियाको औषधी कोभिड–१९ को उपचारमा यसकारण खारेज गरिँदै छ किनभने यसको प्रयोगमा मैले सल्लाह दिएको हुँ ।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘जब म कुनै कुरा सिफारिश गर्छु तब उनीहरु यसलाई खारेज गर्न मन पराउँछन् ।’
यद्यपि, यो औषधी कोरोनाको उपचारमा प्रभावकारी भएको कुनै प्रमाण भने भेटिएको छैन । विशेषज्ञका अनुसार यो औषधीको प्रयोगले मुटुरोग सम्बन्धि समस्या बढ्ने गर्छ । गत महिना मात्रै अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले कोरोना संक्रमणको उपचारमा यो औषधीको प्रयोगको विषयमा चेतावनी जारी गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा प्रभावकारी भएको कुनै प्रमाण नभेटिएको बताइसकेको छ । उनको यो बयान अघि ट्वीटरले उनका छोरामाथि यो दाबीको प्रशंसा गर्दै भिडियो पोस्ट गरेपछि १२ घण्टासम्म उनलाई प्रतिबन्ध लगाइएको छ ।
कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनलाई डोनल्ड ट्रम्पले सबैभन्दा पहिले मार्चमा प्रभावकारी बताएको थियो । ७३ वर्षका डोनल्ड ट्रम्पले त्यसपछि मे मा आफूले यो औषधीको सेवन गरेको जानकारी दिए ।
उनले मंगलबारको पत्रकार सम्मेलनमा भने, ‘१४ दिनसम्म यो औषधीको सेवन गरेपछि मैले कुनै साइड इफेक्ट पाइनँ । म आफ्नो धारणा मात्रै राख्न सक्छु । थुप्रै अध्ययनपश्चात् मलाई लाग्छ कि सुरुवाती चरणमा यो औषधी प्रभावकारी छ । मेरो विचारमा यसको प्रयोगमा कुनै हानी छैन । नभए यो यति लोकप्रिय हुने थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण