अमेरिकामा कोरोनाद्वारा संक्रमित पहिलो कुकुरको मृत्यु
बड्डी सात वर्ष पुग्नै लागेको थियो तर अप्रिलको मध्यतिर उसलाई सास फेर्न समस्या भयो ।
त्यसको ६ हप्तापछि बड्डी कोरोनाभाइरसको संक्रमण देखिने अमेरिकाको पहिलो कुकुर बन्यो । जुलाई ११ मा बड्डीको मृत्यु भयो ।
बड्डीका मालिक माहोनिजद्वारा प्रदान गरिएको मेडिकल रिपोर्ट नेशनल जोग्राफिकका दुई भेटेनरियनले बड्डी सम्भवतः लिम्फोमा नामको एक प्रकारको क्यान्सरसँग जुधिरहेको बताएका छन् । मृत्यु हुनुअघि उनमा त्यस्तै लक्षण देखिएको भेटेनरियनको निष्कर्ष छ । यद्यपि, यी दुई भेटनरियन बड्डीको उपचारमा भने संलग्न थिएनन् ।
माहोनिजले बड्डीको मृत्यु भएको दिनमात्रै उसको मृत्यु हुनुको सम्भावित कारण लिम्फोबारे थाहा भएको जानकारी दिए । त्यसअघि उनीहरुलाई यसबारे केही जानकारी थिएन । बडीको अतिरिक्त परीक्षण गरेपछि मात्रै यसबारे पत्ता लागेको निष्कर्ष निकालिएको छ । यद्यपि, क्यान्सरका कारण बड्डीलाई कोरोनाभाइरसको संक्रमण भएको हो वा भाइरसले उसलाई बिरामी बनाएको हो अथवा यो एउटा संयोग मात्रै हो भन्ने बारे अहिलेसम्म सटिक जानकारी प्राप्त भएको छैन ।
यसअघि बड्डीको पहिचान र उनको मृत्युबारे खासै जानकारी जारी गरिएको थिएन ।
बड्डीको मृत्युपछि उनको परिवारको थुप्रै प्रश्न छन् तर उत्तर निकै कम छन् ।
‘तपाईंले मेरो कुकुर कोरोनाद्वारा संक्रमित छ भन्दा उनीहरुले तपाईंलाई यसरी हेर्छन् मानौं तपाईंको १० वटा टाउको छ,’ एलिसन माहोनिजले भनिन् । ‘बडी हाम्रो जीवनको प्रेम थियो । उसले हामी सबैको जीवनमा खुसीयाली ल्याएको थियो । अब म उसको छातिमा आफ्नो टाउको राख्न सक्दिनँ ।’
माहोनिज परिवारलाई बडीको स्वास्थ्यमा स्वास्थ्यकर्मीले नजिकबाट निगरानी नराखिदिएकोमा चित्त दुखाई छ । बडीमा कोरोना संक्रमण देखिएपछि एलिसनका श्रीमान् रोबर्टले न्यूयोर्क सिटीका भेटेनरी स्वास्थ्य अधिकारीलाई बडीको थप परीक्षण गर्न इच्छुक हो भन्दै सोधीखोजी गरे तर रोबर्टका अनुसार अधिकारीले थप परीक्षणका लागि कहिले पनि सम्पर्क गरेनन् ।
न्यूयोर्क सिटी डिपार्टमेन्टट अफ हेल्थले नेशनल जोग्राफिकलाई बडीमा रक्तअल्पत्ता भएकोले उसको स्वास्थ्यलाई दृष्टिगत गर्दै थप रगत ननिकालेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण