आमाले दोस्रो बिहे गरेपछि दुई बालिका चौबीसै घण्टा बन्धक
गुल्मी । आमाले दोस्रो विवाह गरेर गएपछि गुल्मीको ईस्मा गाउँपालिका–२, पालुखा ठुलाखोला गाउँका दुई अवोध बालिकाको बिचल्ली भएको छ । ती बालिकाका बाबु २७ वर्षीय पदम मुखियालाई कमाउन जानु कि घरमै बसेर बालबालिकाको हेरचाह गर्नु भन्ने खालको दोहोरो समस्या छ ।
दुई दिदीबहिनी मध्ये जेठीको उमेर दुई वर्ष र कान्छीको एक वर्ष नपुग्दै आमाले दोस्रो विवाह गरेर गएपछि यतिबेला यी दिदीबहिनीको बिचल्ली भएको हो । बाबु सँधैजसो जाँडरक्सी सेवन गरेर हिँड्ने, घरमा अरु कोही नभएका कारण ती बालिका घरमै असहाय बनेर बस्नुपर्ने अवस्था आएको हो ।
काम गर्न जानुपर्दा समेत बाबुले दुवै छोरीलाई घरभित्र थुनेर जानुपर्ने बाध्यता छ । कहिलेकाहीँ काम गर्न गएका बाबु उतै अल्मलिँदा, जाँड–रक्सी खाएर बरालिएको अवस्थामा घरमा छोरीहरुको बिचल्ली हुने गरेको छ । बाबु नआउन्जेल उनीहरु घरभित्रै बन्धकजस्तो भएर भोकैतिर्खै बस्नुपर्ने अवस्था रहेको छिमेकीहरुको भनाइ छ ।
हुन पनि, जंंगलको छेउमा एक्लो घर छ । दुवै दिदीबहिनीलाई घरमा त्यत्तिकै छोड्दा जंगली जनावरबाट असुुरक्षित हुने अवस्था छ । कोठाभित्र थुनेर जाँदा पनि उनीहरुलाई शौचालयदेखि लिएर खान–पिउन समस्या हुने गरेको छिमेकीहरुको भनाइ छ ।
हुन त, आमा हुँदा पनि उनीहरुको अवस्थामा खासै फरक थिएन । पदम मुखियाकी कान्छीआमा पर्ने खुमकला मुखियाले भनिन्, ‘कहिले त महिनौँसम्म पनि यिनीहरुलाई आमाचाहीँले छोडेर हिँड्थी, गएको जेठदेखि त यिनीहरुलाई सधैँका लागि छोडेर ईस्मातिर अर्को बिहे गरेर गई, त्यसपछि यिनीहरुको बिचल्ली भएको हो ।’
बाबुले घरभित्रै थुनेर हिँडेपछि दिनभरी ती दुवै दिदीबहिनी बन्धकजस्तै भएर बस्नुपर्ने बाध्यता छ । खुमकला भन्छिन्, ‘बाबु चौबीसै घन्टा जाँडरक्सी पिएर हिँड्छ । कहिले त चार÷पाँच दिनमा घर आउँछ ।’ स्थानीय समाजसेवी राहुल विश्वकर्माले सधैँ आउँदा ती बालिका घरभित्रै थुनिएको र रुँदै बस्दै गरेको देख्नुपर्दा आफुले चाउचाउ र बिस्कुट झ्यालबाट छिराईदिएर जाने गरेको बताए । यी बालिकाको उद्धारका लागि सहज हुन्छ कि भनेर आफूहरुले सञ्चारमाध्यमलाई समेत गुहारेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण