पाल्पामा फरार ५ अभियुक्त पक्राउ
बुटवल । पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद भुक्तान नगरी फरारको सूचिमा रहेका ५ जनालाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीकाअनुसार अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएपछि फरार रहेका तिनाउ गाउँपालिका सोही गाउँपालिका ५५ वर्षीय मानबहादुर लम्तरी, २६ वर्षका दिपक लम्साल र माथागढी गाउँपालिका वडा नं. ३ बस्ने ४५ वर्षका रवि काफ्ले रहेका छन् ।
त्यस्तै बगनासकाली गाउँपालिका वडा नं.७ बस्ने २९ वर्षका सुरजबहादुर कनौजे भने सावर्जनजकि अपराध सम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए भने वडा नं. ३ का ४५ वर्षीय पदमबहादुर रायमाझी बुहविवाह मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला प्रहरी कार्यायले फरार अभियुक्तलाई पक्राउ गरी कैद भुक्तान तथा सजायका लागि अदालतमा बुझाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण