आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तीन वर्षमा प्रतिव्यक्ति आय १४ सय ५६ डलर पुर्‍याइने, बजेट ५१ खर्ब २७ अर्ब पुग्ने

बिहीबार, १५ साउन २०७७, १५ : ००
बिहीबार, १५ साउन २०७७

सरकारले तीन वर्षमा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ४ सय ५६ डलर पुर्‍याउने लक्ष्य लिएको छ । हालको १०९७ डलर भन्दा ३५९ डलर बढाउने सरकारले लक्ष्य लिएको हो । चालु आर्थिक वर्ष २०७७/७८ मा १,१८८ डलर, आव ७८/७९ मा १,३३७ डलर र ७९/८० मा १,४५६ डलर पुर्‍याउने राष्ट्रिय योजना आयोगको मध्यमकालीन खर्च संरचनाको लक्ष्य छ । 

अहिलेको एक डलर बराबर १२० रुपैयाँलाई आधार मान्ने हो भने १ लाख ७४ हजार ७ सय २० रुपैयाँ प्रतिव्यक्ति आय पुर्‍याउने सरकारी लक्ष्य रहेको छ ।  यस्तै आर्थिक जोखिम सूचकांक चालु आर्थिक वर्षमा २५  रहने र अर्कोवर्ष बढेर २६ पुग्ने र ७९/८० मा २३ मा झार्ने सरकारी लक्ष्य छ । 

यता तीन वर्षमाआर्थिक बृद्धिदर ९.६ प्रतिशत पुर्‍याउने लक्ष्य छ । यस्तै रेलमार्ग २६० किलोमिटर सम्म निर्माण गरिने, इन्टरनेटको पहुँच ७७ प्रतिशत पुर्‍याउने, विद्युत उत्पादन ४ हजार १ सय ३३ मेगावाट, प्रतिव्यक्ति विद्युत उपभोग प्रतिघण्टा ६ सय ५० किलोवाट पुर्‍याउने लक्ष्य छ  ।

वार्षिक बजेट र आवधिक योजना बीच तादम्यता ल्याउन महत्वपूर्ण औजारको रुपमा रहेको मध्यमकालीन खर्च संरचनामा आगामी आर्थिक वर्षको बजेट अनुमान र त्यसपछिका दुई आर्थिक वर्षको प्रक्षेपण गरि तीन वर्षको  चक्रिय बजेट प्रस्तुत गरिन्छ । 
नेपालमा पहिलो पटक आर्थिक वर्ष २०५९/६० देखि मध्यमकालिन खर्च संरचनाको शुरुवात भएको थियो । 

तीन वर्षमा ५१ खर्ब बजेट

आगामी तीन वर्षमा नेपालको बार्षिक बजेट ५१ खर्ब २७ अर्ब २० करोड ५२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यसमध्ये चालु खर्च ३० खर्ब १५ अर्ब ७ करोड रुपैयाँ, पुँजीगत खर्च १५ खर्ब १७ अर्ब ४५ करोड ५४ लाख  रुपैयाँ पुग्ने प्रक्षेपण छ । वित्तिय व्यवस्थापनतर्फ ५ खर्ब ९४ अर्ब ६७ करोड रुपैयाँ हुने अनुमान छ । 

यता सरकारले तीन वर्षमा ३२ खर्ब ११ अर्ब ७९ करोड ८ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य छ । वैदेशिक अनुदान १ खर्ब ९३ अर्ब ७७ करोड ७७ लाख, वैदेशिक ऋण ९ खर्ब ४९ अर्ब ४९ करोड ९३ लाख, आन्तरिक ऋण ७ खर्ब ७२ अर्ब १३ करोड ७४ लाख रुपैयाँ व्यहोरिने उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप