कोठा खोज्न आउनेले नै छाडेर हिँडे ‘सुन तस्करी’को स्कोर्पियो
काठमाडौँ । ललितपुरको नखिपोटस्थित अम्बरबहादुर राईको घरमा बिहिबार अचानक प्रहरीको भीड लाग्यो । कारण थियो, उनको घरमा पार्किङ गरेर राखिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो जिप ।
अघिल्लो दिन (बुधवार) कोठा खोज्न आएका एक अपरिचित युवाले छाडेर गएको गाडीका कारण अम्बर बहादुर राईले यतिबेला झमेला व्यहोर्न बाध्य भए ।
काठमाडौँको सुन्धारामा डीएसपी रन्जन दाहाल नेतृत्वको प्रहरी टोलीले रोक्न खोज्दा ‘सुनको झोला’ फालेर भागेको गाडी त्यहि थियो । सो गाडी खोज्न महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाका काविल अफिसर रातदिन नभनी खटिएका थिए ।
बुधवार मध्यान्ह १२ बजेतिर पैदल हिँड्दै २ युवतीसहित एक युवा अम्बर बहादुर राईको घरमा पुगे । ति युवाले सोधे, ‘कोठा खाली छ ?’ ती युवालाई अम्बरको घरमा कोठा खाली छ भनेर देखाइदिने सँगै गएकी ती २ युवती नै थिए ।
सिंगापुर प्रहरीबाट अवकाश पाएपछि नेपाल फर्केका अम्बर राईले दोस्रो तल्लामा फ्ल्याट खाली रहेको बताए । २२ हजार भाडा लिनेदिने सहमति भयो । फ्ल्याट भाडाबापत ११ हजार एडभान्स दिएर ती युवा ‘बेलुका सामान लिएर आउँछु’ भनेर हिँडे ।
‘साँझ ९ः२० बजे बा ६ च ५५१९ नम्बरको स्कोर्पियो लिएर आएका युवाले गाडी राखे, अनि बाहिर निस्किए,’ अम्बरको घरको सबैभन्दा माथिल्लो फ्ल्याटमा बस्दै आएकी भान्जीले रातोपाटीसँग भनिन्, ‘अचानक पुलिस आएर गाडीबारे कुरा गर्दा चकित भएँ ।’
बुधबार साँझ ४ जना स्कार्पियोमा आएको उनले बताइन् । कोठा देखाइदिने ती युवतीहरु पनि स्कोर्पियोमा सँगै आएको उनको भनाइ छ । यद्यपी ती युवतीहरु को हुन् केही खुलेको छैन ।
सुन्धारामा सो गाडीमा सवार तीनजनाले फालेको झोला खोल्दा साढे १४ किलो चाँदी, आधा केजी सुन र दुईथान पेस्तोला फेला परेको थियो । स्कोर्पियो तिब्र गतिमा हुँइकिएको बहाना बनाएर प्रहरीले नियन्त्रणमा नलिएपछि प्रहरीको सो अप्रेशन नै विवादमा तानियो ।
अप्रशेन कमाण्डर डीएसपी दाहाललाई प्रहरी प्रधान कार्यालयले दरबारमार्ग वृत इन्चार्जको जिम्मेवारीबाट मुक्त गरिसकेको छ । घटना छानविन गर्न एसएसपी सुशील कुमार यादवको नेतृत्वमा समिति समेत गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण