आधाकिलो सुन र साढे १४ किलो चाँदी फालेर हिँडेका चार जनाविरुद्ध चलाइयो संगठित अपराधको मुद्दा
काठमाडौं । आधाकिलो सुन र साढे १४ किलो चाँदीको झोला प्रहरीलाई फालेर हिँडेका चारजना आरोपीलाई प्रहरीले संगठित अपराध मुद्दा चलाएको छ ।
संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले चारजना आरोपीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ ।
‘संगठित अपराध मद्दामा अनुसन्धान गर्न सात दिनको म्याद पाएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) राजकुमार केसीले भने–‘विस्तृत अनुसन्धान सुुरु गरेका छौं ।’
सुन–चाँदी तस्करीमा संलगन मध्येका देवान पटेल, बिजय पटेल र निलेश सखियालाई महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा दुम्किवासबाट पक्रेर काठमाडौं ल्याएको थियो ।
तीन आरोपीलाई काठमाडौंको नागढुंगाबाट दुम्कीबास सम्म लैजाने ट्याक्सि चालकलाई पनि प्रहरीले संगठित अपराध मुद्धामा म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण