बर्दियाका ५०० घर डुबानमा
बर्दिया । कर्णाली र बबई नदीमा पानीको बढेसँगै यहाँका ५०० घर डुबानमा परेका छन् । तीन दिनदेखि अविरल वर्षा भएकाले यहाँका बासिन्दा रातभर त्रासमा बसिरहेका छन् । बर्दियाको राजापुर नगरपालिकाका ४०० घर डुबानमा परेपछि त्यहाँका मानिसहरु विस्थापित भएका छन् । राजापुर नगरपालिका डुबानमा परेको र त्यहाँका स्थानीयवासीलाई सुरक्षित राख्न बुद्ध आधारभूत विद्यालयमा सारिएको नगरप्रमुख शिवप्रसाद थारुले जानकारी दिए ।
बर्दियाका नदी आसपासका अन्य ७५ घर डुबानमा परेको र त्यहाँ बस्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । उनका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं ७ बठनपुरलगायत क्षेत्र डुबेपछि २५ घरपरिवार विस्थापित भएको छ । उनीहरुलाई वडा नं ८ को जगदम्बा माविमा उद्धार गरेर राखिएको ठाकुरबाबा नगरउपप्रमुख कृष्णाकुस्मा थारुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण