शनिबारको मौसम पूर्वानुमान, आज कहाँ-कहाँ भारी वर्षा ?
जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित भएको जनाएको छ ।
मौसम विज्ञान विभागले शनिबार मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षा भइरहेको उल्लेख गरेको छ ।
विभागले शनिबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
साथै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण