केही नेताले राजनीतिलाई व्यापार बनाएः अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन् । उनले भने, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए ।”
संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे । जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे । उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिए । उनले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताए ।
सो अवसरमा राजनीतिक विश्लेषक विष्णुप्रसाद शर्माले राजनीतिक दलका नेताले देश र जनताको पक्षमा काम गर्न नसकेको बताए । उनले देशमा भ्रष्टाचार बढेकामा चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने