टोकियोमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो
एजेन्सी । टोकियोमा शनिबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिँडडुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ । शनिबार टोकियोमा मात्र ४७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई उद्धृत गरी लेखेको छ ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार राजधानी टोकियोमा सङ्क्रमितको सङ्ख्यामा दैनिक सामान्य वृद्धि हुन थालेको छ । टोकियोमा अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि देखिएको छ । टोकियोमा बिहीबार सङ्क्रमितको सङ्ख्या ३६७ रहेको थियो भने शुक्रबार सङ्क्रमितको सङ्ख्या ४६३ पुगेको थियो ।
अहिलेसम्म जापानमा कोभिड–१९ बाट कूल सङ्क्रमितको सङ्ख्या ३४ हजार ३७२ पुगेको छ भने एक हजार छ सङ्क्रमितको मृत्यु भइसकेको छ । टोकियोमा सङ्क्रमितको सङ्ख्या १२ हजार ६९१ पुगेको छ भने ३३२ को मृत्यु भएको छ । टोकियोमा सङ्क्रमण देखिएपछि अहिलेसम्ममा झण्डै ५० प्रतिशत व्यक्ति जुलाई महिनामा मात्रै सङ्क्रमित भएका जापानको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।
टोकियो र आसपासका क्षेत्रमा अनावश्यक रूपमा घरबाट ननिस्कन र बार तथा रेष्टुरेन्टमा नजान सरकारले आग्रह गरेको छ । यद्यपि सरकारले नियन्त्रणका लागि पहिले गरेजस्तो स्वास्थ्य सङ्कटकालीन अवस्थाको घोषणा तत्काल गरिहाल्ने सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण