अमेरिकामा २४ घण्टाभित्र १ हजार ४४२ कोरोना सङ्क्रमितको मृत्यु
शनिबार, १७ साउन २०७७, २२ : ४०
एजेन्सी । संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ । शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार शनिबारसँगै लगातार चार दिन अमेरिकामा एक हजार २०० भन्दा बढी ब्यक्तिको कोभिड–१९ को महामारीबाट मृत्यु भएको हो ।
विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्य भएको अमेरिकामा कोरोनाभाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्क रहेको छ ।
अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त विश्वविद्यालयले जनाएको छ । अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण