शनिको सौन्दर्य
हिन्दू धार्मिक आस्थामा शनि कोपको देउता हो । यो देउताको कोप परेपछि मानिसलाई दशा लाग्छ । रोमन मिथकमा चाहिँ शनि धनसम्पत्ति र कृषिको देउता मानिन्छ ।
विश्वास आस्थाहरुले शनिलाई देउता मानेपनि विज्ञानको आँखामा शनि हाम्रो सौर्यमण्डलको एउटा ग्रह मात्रै हो । सौर्यमण्डलका आठ ग्रहहरुमध्ये रिंगभएको एउटा अद्भूत र सुन्दर ग्रहको नाम हो शनि ।
प्रस्तुत तस्विर हब्बल टेलिस्कोपले हालसालै खिचेको शनि ग्रहको तस्बिर हो । पृथ्वीको सतहबाट ५४७ किलोमटिर माथि घुमिरहेको हब्बल टेलिस्कोपले खिचेको यो तस्बिरमा शनिको अति सुन्दर र विस्तृत तस्विर देखिन्छ ।
शनि हाम्रो सौर्यमण्डलको छैठौं ग्रह हो भने यो बृहस्पतिपछिको सबैभन्दा ठूलो ग्रह हो । ग्याँसको विशाल गोलाको रुपमा रहेको यो ग्रह पृथ्वीबाट १ अरब तीस करोड किलोमिटर टाढा छ भने माउ ग्रह सूर्यबाट १ अरब ४९ करोड ४६ लाख किलोमिटर टाढा ।
शनि ग्रहको ८२ वटा उपग्रहहरु रहेको मानिन्छ । तीमध्ये ५३ वटा उपग्रहहरुको त पहिचान र नामाकारण नै भइसकेको छ । बाँकी २९ वटा उपग्रहहरुको चाहिँ पहिचान र नामाकारण हुन बाँकी नै छ । शनिका उपग्रहहरुमा बुधभन्दा ठूलो टाइटनदेखि एउटा फूटबल मैदान जत्रा उपग्रहहरु पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
-
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
-
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
-
पश्चिम सुर्खेतको कायाकल्प गर्ने मदन भण्डारी राजमार्ग