शनिको सौन्दर्य
हिन्दू धार्मिक आस्थामा शनि कोपको देउता हो । यो देउताको कोप परेपछि मानिसलाई दशा लाग्छ । रोमन मिथकमा चाहिँ शनि धनसम्पत्ति र कृषिको देउता मानिन्छ ।
विश्वास आस्थाहरुले शनिलाई देउता मानेपनि विज्ञानको आँखामा शनि हाम्रो सौर्यमण्डलको एउटा ग्रह मात्रै हो । सौर्यमण्डलका आठ ग्रहहरुमध्ये रिंगभएको एउटा अद्भूत र सुन्दर ग्रहको नाम हो शनि ।
प्रस्तुत तस्विर हब्बल टेलिस्कोपले हालसालै खिचेको शनि ग्रहको तस्बिर हो । पृथ्वीको सतहबाट ५४७ किलोमटिर माथि घुमिरहेको हब्बल टेलिस्कोपले खिचेको यो तस्बिरमा शनिको अति सुन्दर र विस्तृत तस्विर देखिन्छ ।
शनि हाम्रो सौर्यमण्डलको छैठौं ग्रह हो भने यो बृहस्पतिपछिको सबैभन्दा ठूलो ग्रह हो । ग्याँसको विशाल गोलाको रुपमा रहेको यो ग्रह पृथ्वीबाट १ अरब तीस करोड किलोमिटर टाढा छ भने माउ ग्रह सूर्यबाट १ अरब ४९ करोड ४६ लाख किलोमिटर टाढा ।
शनि ग्रहको ८२ वटा उपग्रहहरु रहेको मानिन्छ । तीमध्ये ५३ वटा उपग्रहहरुको त पहिचान र नामाकारण नै भइसकेको छ । बाँकी २९ वटा उपग्रहहरुको चाहिँ पहिचान र नामाकारण हुन बाँकी नै छ । शनिका उपग्रहहरुमा बुधभन्दा ठूलो टाइटनदेखि एउटा फूटबल मैदान जत्रा उपग्रहहरु पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण