आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ नेपालमै तयार

आइतबार, १८ साउन २०७७, १२ : ५४
आइतबार, १८ साउन २०७७

बाग्लुङ । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा बिश्वकै अग्लो र लामो स्काइ साइक्लिङ बनाएको छ।  बाग्लुङको बलेवा र पर्वतको कुश्माबीच कालीगण्डकी खोचमा स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लिङ तयार गरिएको हो।  

उक्त स्काइ साइक्लिङको उचाई दुई सय २८ मिटर छ भने लम्बाई तीन सय मिटर छ। दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एकपटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए। 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्काइ साइक्लीङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए। साइक्लिङका लागि  आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए।

साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ। विश्वकै दोश्रो अग्लो बन्जी, बिश्वकै अग्लो स्विङ, गुलेली शैलीको नेपालकै नमुना पिङ समेत निर्माण गरेको कम्पनीले  सो क्षेत्रलाई एड्भेन्चर हबका रुपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप