खुमलटारमा प्रचण्डको ब्रिफिङ : ओलीले बैठक राख्न र पद छाड्न पनि मान्नुभएन
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् । बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग ओली सहमतिमा आउन नचाहेको भन्दै यस्तो ब्रिफिङ गरेका हुन् ।
‘बैठक राख्न पनि मान्नुभएन । पद छोड्न पनि मान्नुभएन’,
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खुमलटारमा ब्रिफिङ गर्दै भने, ‘नियमित बैठक नरोकौँ, उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उहाँ सकारात्मक हुनुभएन ।’
बरु ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भन्दा महाधिवेशनमार्फत नै निकास निकाल्न आफू तयार रहेको बताएका थिए । ‘अर्ली महाधिवेशनमा तपाईंहरुको चित्त बुझ्दैन भने चैतमा तोकिएकै समयमा महाधिवेशन गरौँ । त्यसैबाट विवादित विषयको निष्कर्ष निकालौँ ।’
खुमलटारमा प्रचण्डको ब्रिफिङपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार पुनः छलफल गर्नेबाहेक कुनै विषयमा सहमति हुन नसकेको आफूले बुझेको बताए ।
‘भोलि पुनः छलफल हुनेबाहेक अन्य उपलव्धि हुन सकेको देखिएन । समस्या जहाँको त्यहीँ छ । हेरौ भोलि केही हुन्छ कि !’, प्रवक्ता श्रेष्ठले रातोपाटीलाई बताए ।
प्रचण्ड र खनालले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग करिव ३ घण्टा बालुवाटारमा छलफल गरेका थिए। बालुवाटार छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
