दरबारमार्ग वृत्तका दुई प्रहरीलाई संगठित सुन तस्करीमा म्याद थप
काठमाडौं । साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई ‘संगठित अपराध’ मुद्दामा अनुसन्धान थालिएको छ ।
दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा अनुसन्धान सुरु गरिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
जवान कठायत दरबारमार्गका सीआरभी (कम्प्याक रिक्रेशनल भेहिकल) चालक हुन् । प्रशन्न श्रेष्ठ सिभिल टिममा कार्यरत थिए ।
सुराकीसँग मिलेर उनिहरुले साढे १४ केजी चाँदी र आधाकिलो सुन बरामद गरेर कारोबारीलाई भगाएको आरोप छ ।
जिल्ला अदालत काठमाडौंले आईतबार उनिहरुलाई हिरासतमा राखेर संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको छ ।
‘अदालतबाट संगठित मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी ज्ञवालीले भने, ‘सो अपराधमा जोडिएका अरुलाई पनि संगठित मुद्धामा अनुसन्धान हुन्छ ।’
प्रहरीले नवलपरासीबाट पक्राउ गरेको देवान पटेल, बिजय पटेल र निलेश सखियालाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । दुई प्रहरीलाई सोही म्यादमा मिलान हुनेगरी म्याद लिइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण