ओली–प्रचण्ड बैठक : जनैपूर्णिमाको शुभकामना साटासाटमै सीमित
काठमाडौं । पार्टीभित्र उत्पन्न संकट समाधान गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन नसकेको हो ।
‘सुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भएपनि कुनै सहमति हुन सकेन’ ओली प्रचण्डसँगको वार्तामा सहभागी एक नेताले रातोपाटीसँग भने, ‘वार्ताको निरन्तरता मात्रै भयो । अरु केही प्रगति भएन ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।
वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए ।
‘स्थगित स्थायी समिति बैठक सुरु गरौँ र त्यहाँबाट विवादको छिनोफानो गरौँ । साथीहरुको भावना पनि त्यही छ । लामो समय स्थयी कमिटी स्थगित गर्दा कार्यकर्तामा सन्देश राम्रो जाँदैन’, ओलीसँगको वार्तामा प्रचण्डको प्रस्ताव थियो । तर, प्रचण्डको कुरा सुनेपछि ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्याएका थिए ।
‘सचिवालयमा घनिभूत छलफल गरौँ । त्यसपछि मात्रै स्थायी समिति बैठक बोलाऔं’, ओलीको जवाफ थियो ।
बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्नेगरी नेताहरु उठेका थिए । नेताहरुबीच करिव डेढ घण्टा संवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण