चीनमा कोरोनाका ४३ नयाँ संक्रमित भेटिए
सोमबार, १९ साउन २०७७, १३ : ०३
चीनमा आइतबार कोरोनाभाइरसका ४३ नयाँ संक्रमित भेटिएका छन् । शनिबार यहाँ कोरोनाका ४९ नयाँ संक्रमित भेटिएको चीनको सरकारी स्वास्थ्य अधिकारीले सोमबार जानकारी दिए ।
राष्ट्रिय स्वास्थ्य आयोगले तीमध्ये ३६ वटा समुदाय स्तरमा नै फैलिएको जानकारी दिएको छ जसमा सिनजियाङका २८ जना रहेका छन् । अन्य सात संक्रमित भने विभिन्न देशको यात्राबाट फर्किएका थिए ।
चीनमा ११ जना बिना लक्षणको संक्रमित पनि फेला परेको छ । शनिबार यहाँ २० जना बिना लक्षणका संक्रमित भेटिएका थिए । चीनमा लक्षण बिनाका संक्रमितलाई लक्षण नदेखिएसम्म संक्रमितको सूचीमा राखिँदैन ।
यससँगै चीनमा हालसम्म ८४ हजार ४ सय २८ संक्रमित रहेका छन् भने यहाँ ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण