दाङमा करेन्ट लागेर २ जनाको मृत्यु
सोमबार, १९ साउन २०७७, १३ : ५४
बुटवल । दाङमा करेन्ट लागेर सोमबार बिहान दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइ हुन् ।
जिल्ला प्रहरी कार्यालय दाडका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको छ । सोहि घटनामा ३७ वर्षीय दिलबहादुर रावत पनि घाइते भएका छन् ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। बारीमा जंगली बँदेल आएर मकै आएपछि मार्नको जोडिएको करेन्टमा परी दुई जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण