प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
- कांग्रेसले दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा आगामी ३१ गते छलफलका लागि पेसी तोकिएको छ ।
- संविधानसँग बाझिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र नियम १४० (११) तथा धारा २७४(८) सँग बाझिएकोले नियमावली खारेज गर्न माग गरिएको छ ।
काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
कांग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेसी पनि तोकेको छ ।
संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथी राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११), २५९ संविधानको धारा २७४(८)सँग बाझिएकोले खारेज गर्न कांग्रेसले रिटमा माग दावी गरेको छ ।
राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदम वहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गरेका हुन्।
कांग्रेसलगायतका दलहरुले विरोध र नारावाजी गर्दागर्दै गत जेठ १७ गते वहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली २०८३ मा कांग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो ।
कांग्रेसले नियमावलीको मस्यौदामा रहेका कतिपय प्रावधानमा थप छलफलको आवश्यकता रहेकोले छलफलका लागि समितिमा पठाउन माग गरेको थियो ।
तर सभामुख डोलप्रसाद अर्यालले मस्यौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि बढाउनुभएको थियो । सो मस्यौदा समिति राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा रहेको थियो ।
रिटमा प्रतिनिधि सभा, संसद सचिवालय, सभामुख अर्याल, मस्यौदा समिति संयोजक पराजुली र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइएको रिटको मस्यौदाकार अधिवक्ता राजु कटुवालले जानकारी दिए।
रिटमा उल्लेखित प्रावधानहरु बदर गरी कार्यान्वयन नगर्न आदेश दिन माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण