मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीसहित ३० जनामा कोरोना संक्रमण

जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयका ६ कर्मचारीसहित ३० जनामा कोरोना संक्रमण देखिएको हो । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एकजना अधिकृत, एकजना ट्राफिक प्रहरी, २ सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
दुई दिनअघि गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले पुष्टि गरे । यता, संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्राय्क्ट ट्रेसिङको आधार पता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाई रहेको छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीहरुमा समेत कोरोना संक्रमण भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी