मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीसहित ३० जनामा कोरोना संक्रमण
जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयका ६ कर्मचारीसहित ३० जनामा कोरोना संक्रमण देखिएको हो । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एकजना अधिकृत, एकजना ट्राफिक प्रहरी, २ सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
दुई दिनअघि गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले पुष्टि गरे । यता, संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्राय्क्ट ट्रेसिङको आधार पता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाई रहेको छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीहरुमा समेत कोरोना संक्रमण भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण