कोभिड–१९ को उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार गरिएको डब्लुएचओको प्रतिक्रिया
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताएका छन् । “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा भने ।
उनले भने, “अध्ययनका लागि चीन पठाइएको सङ्गठनको विशेषज्ञहरूको टोलीले आधारभूत कामहरू सकिसकेको छ ।” यी प्रयासहरूको परिणामका रूपमा डब्ल्यूएचओको नेतृत्वमा चिनियाँ विज्ञहरूले डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोलीको अध्ययन र कामका लागि आवश्यक सन्दर्भ सर्तहरूको मस्यौदा तयार गरेका छन् ।
“अन्तर्राष्ट्रिय टोलीमा चीन र विश्वभरका अग्रणी वैज्ञानिक र अनुसन्धानकर्ताहरु सामेल हुनेछन्,” डब्ल्यूएचओ प्रमुखले बताए । छिट्टै केहि सङ्क्रमणको सम्भावित श्रोत पहिचान गर्न चीनको वुहानमा महामारीविज्ञानसम्बन्धी अध्ययन सुरु हुनेछ, उनले भने । यस कामबाट उत्पन्न प्रमाण र परिकल्पनाले दीर्घकालीन अध्ययनको लागि आधार तयार पार्नेछ । दुई डब्ल्यूएचओ विशेषज्ञहरु मिलेर एक टोलीलाई तीन हप्ता पहिले चीन पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण