सत्तारुढनिकट अनेरास्ववियु भन्छ: नियुक्तिमा सरकारले नै भ्रष्टाचार गर्यो
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले सरकारले संवैधानिक लगायत विभिन्न संस्थानमा गरेका नियुक्तिमा भ्रष्टाचार भएको ठहर गरेको छ । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मंगलबार तीन बुँदे विज्ञप्ति जारी गर्दै सरकार खर्च कटौतिका नाममा एकातिर लोकसेवा आयोगका विज्ञापन रोक्ने अर्कोतिर आफ्ना आसेपासेहरुलाई सरकारी सम्पत्तिले पाल्ने गरी विभिन्न संस्थान र निकायमा करारमा हुल्ने काम गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘पछिल्ला दिनमा सरकारले विभिन्न निकायमा गरेको नियुक्तिका बारेमा जनस्तरबाट असन्तुष्टि आइरहेको छ । यस्तोबेला संवैधानिक अंग र प्रक्रिया छलेर थोकमा हुल्ने यस्तो कार्य भ्रष्टाचार नै भएको ठहर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सुशासन र विधिको शासनको उपहास हुने त्यस्ता कुनैपनि त्यस्ता काम नगर्न र जनताको रोजगारीको संवैधानिक हक संरक्षण गर्नेगरी लोकसेवा आयोगलाई नै विज्ञापन गर्न दिन हामी सरकारलाई सचेत गराउँदछौ ।’
अनेरास्ववियुले पीसीआर परीक्षणको दायरा बढाउन तथा जोखिमकाबीच विद्यालय खोल्ने काम नगर्न पनि सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण