बाबुआमालाई सम्बोधन गरेर सुसाइड नोट लेख्दै युवतीद्वारा आत्महत्या
काठमाडौँ । बुधबार एक बैंकको विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत युवतीले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी सनाज खतिवडाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले रातोपाटीलाई जानकारी दिए । विष पिएर घाइते अवस्थामा भेटिएकी उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको राईले बताए ।
आत्महत्या गर्नुअघि खतिवडाले लेखेको एउटा सुसाइड नोट समेत फेला परेको छ । सुसाइड नोटमा बाबु र आमालाई सम्बोधन गर्दै उनले आफूले आफ्नै कारणले मृत्युको बाटो रोजेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको डीएसपी राईले बताए ।
बैंकमा आफ्ना बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको समेत ती युवतीले सुसाइड नोटमा उल्लेख गरेकी छन् । यस्तै विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो सेयर रहेको समेत सुसाइड नोटमा उल्लेख गरेको राईले जानकारी दिए ।
बुधबार बिहान ती युवतीलाई शौचालयभित्र बेहोस अवस्थामा बैंकका कर्मचारीले फेला पारेका थिए । छेउमा विषादीको बट्टासँगै ब्लेडले आफ्नो देब्रे हात काटेको अवस्थामा भेटिएकी थिइन् । तत्कालै एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।
खतिवडाको शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा पठाइएको छ । प्रहरीले बैङ्कको सिसीटिभी फुटेज झिकेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण