अयोध्यामा राममन्दिर शिल्यान्यास भएको अवसरमा पशुपतिमा दीप प्रज्वलन
राम मन्दिर शिलान्यासका लागि भारतको अयोध्यामा भूमि पूजन भएको अवसर पारेर काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दीपावली गरिएको छ । बुधबार साँझ विश्व हिन्दू परिषद् नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवि र शुभचिन्तकहरुको उपस्थिती थियो । उनीहरुले हर्षोल्लासपूर्वक दीप प्रज्वलन गरेका थिए । बुधबार काठमाडौंका १५ सहित देशभरका ३ हजार स्थानमा दीप प्रज्वलन गरिएको विश्व हिन्दु परिषद्ले जानकारी दिएको छ ।
पशुपतिमा भएको दीप प्रज्वलनमा सन्त केशवाचर्य जनकपुरधाम जानकी मन्दिरका राम रोशन दास, विश्व हिन्दू परिषद नेपालका उपाध्यक्ष उद्धव घिमिरे, महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रल्हाद कुमार, केन्द्रीय सदस्य लिला राज उप्रेती र हिन्दू स्वयंसेवक संघ विचार परिवारका सदस्यहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण