हिमालय एयरले थप ४ उडान गर्ने
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा चार उडान गर्ने निर्णय गरेको हो ।
हिमालयको निर्णयअनुसार अगष्ट ८ र ९ मा क्रमशः कतारको दोहामा दुई र मलेसियाको क्वालालम्पुरमा दुई उडान गर्ने कम्पनीले आज विज्ञप्तिमार्फत उल्लेख गरेको छ । नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका हुन् ।
यसअघिको तालिकाअनुसार पछिल्लो चरणमा हिमालयले पनि जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा १८ चार्टर्ड उडान गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) को असार २० गतेसम्मको विवरणअनुसार विभिन्न मुलुकबाट भइरहेको उद्धार उडानमार्फत हालसम्म ४३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका अवकाशप्राप्त कर्मचारीलाई पेन्सनका लागि जान्छ मासिक २५ करोड
-
कमल थापाले ६ जनालाई गरे केन्द्रीय सदस्यमा मनोनयन
-
गण्डकीमा ‘इन्टरभेन्सन’ बहस भइरहँदा कोशीमा एकपक्षीय बहस
-
अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यकः अध्यक्ष दाहाल
-
प्रचण्ड र ओलीको हृदय मिल्दैन बेलाबेला दिमाग मिल्छ : रामनारायण बिडारी
-
पोखरा स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडीको उपाधि दिलासालाई