८ वर्षीय बालक हत्या प्रकरणः १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा ८ वर्षीय बालकको हत्या गरेको घटनामा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो ।
सरकारी पक्षबाट थुनछेक बहस प्रकाश भण्डारीले गर्नुभएको थियो भने प्रतिवादीका तर्फबाट बहस अधिवक्ताद्वय विष्णु भट्ट र हरिप्रसाद भट्टले गर्नुभएको थियो । पक्राउ परेका १३ मध्ये तीन नाबालकलाई भने आवश्यक परेको बेला उपस्थिति हुने गरी उनीहरुको अभिभावकको जिम्मा लगाएको छ ।
बालक हत्याको आरोपमा ५५ वर्षीय नीरबहादुर ओली, ३३ वर्षीय हरिकृष्ण भाट, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीया रिमा ओली, ३१ वर्षीया पवित्रा ओली, ३० वर्षीय टीकाराम ओली र अन्य दुई जनालाई थुनामा राखिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण