वीरगञ्जका अस्पताल धमाधम शिल, उपचार गर्न हेलिकप्टरमार्फत काठमाडौं
वीरगञ्ज । वीरगञ्जको अस्पताल धमाधम शिल हुने क्रमसँगै स्वास्थ्य उपचार समेत विश्वसनिय नभएपछि पछिल्लो एक सातायता ४ जना विरामी उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं गएका छन् । यही साउन २० गते मंगलवार वीरगञ्जको आर्दशनगरबाट १ जना गर्भवती महिला हेलिकप्टरमार्फत काठमाडौं गएकी हुन् । वीरगञ्ज महानगरपालिका वडा नं. ६ बस्ने गर्भवती अन्नु क्याललाई काठमाडौं पठाइएको पर्सा प्रहरीले जनाएको छ ।
त्यसैगरी २१ गते बुधवार आर्दशनगरबाटै एकजना मुटुरोगी र श्वासप्रश्वासमा समस्या देखिएका अर्का एकजना बिरामी काठमाडौं गएका हुन् । मुटुरोगी वीरगञ्ज महानगरपालिका वडा न. १० आदर्शनगर निवासी ६५ वर्षीय घनश्याम चाचन र श्वास प्रश्वासमा समस्या देखिएका वीरगञ्ज महानगरपालिका वडा न. ४ बिर्ताका ४३ वर्षीय अरविन्द सिँह हेलिकप्टरमार्फत काठमाडौं गएका हुन् ।
यस्तै २२ गते बिहीवार पनि वीरगञ्ज महानगरपालिका वडा न. ६ निवासी डा. नविन चौधरीको गर्भवती श्रीमती ३१ वर्षीय अल्काकुमारी पनि काठमाडौं गएकी हुन् । यहाँका निजी अस्पताल तथा स्वास्थ्य संस्थाले कोरोनाको आशंकामा भर्ना लिन छाडेपछि बिरामीहरु चार्टड हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं जाने क्रम बढेको हो ।
सम्पन्न परिवारका बिरामी हेलिकप्टरमार्फत उपचारको लागि संघीय राजधानी जाने क्रम बढेपछि विपन्न परिवारका विरामीहरुले स्थानीय चिकित्सकहरुमाथि गर्ने विश्वास टुट्न थालेको छ । हुने खाने परिवारका विरामी हेलिकप्टरमार्फत काठमाडौं गएर उपचार गराउँदा हुँदा खाने परिवारका सर्वसाधारण तथा गरिब बिरामीहरु रोगले पिल्सिएर बस्नुको विकल्प छैन । वीरगञ्जमा श्रावन महिना यता चिकित्सकहरु धमाधम कोरोना संक्रमीत देखिन थालेपछि उपचार गर्ने चिकित्सकहरुको अभाव भएको चिकित्सकको प्रतिक्रिया छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण