भारतले बढायो सुन धितोमा कर्जाको सीमा

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित साना तथा मझौला उद्योगका लागि भारतीय रिजर्भ बैंकले थप सुविधा दिने भएको छ । बिहीबार आरबीआईका गभर्नर शक्तिकान्त दासले कोभिड–१९ का कारण जोखिममा परेको उक्त क्षेत्रलाई उद्दार गर्न यसअघि ल्याइएको रिजोल्युसन प्लान अन्तर्गत आरबीआईले ‘गर्नुपर्ने काम’हरु सार्वजनिक गरेका हुन् ।
उनले ल्याएको योजनामा ऋणको पुनर्संरचना र रिपो दरलाई ४ प्रतिशतमा सीमित गर्ने योजना ल्याएका छन् । आरबीआईले ल्याएको उक्त योजना अन्तर्गत ऋणको पुनरसंरचना अवधिलाई २०२१ को मार्चसम्म पुर्याइएको छ । यसअघि यो अवधि जनवरीसम्म थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि आरबीआईले बैंकहरुलाई सुन धितोमा कर्जा दिन प्रोत्साहन गरेको छ । यसअघि सुन धितोमा ७५ प्रतिशत सम्म कर्जा उपलब्ध गराउने व्यवस्थालाई संशोधन गरेर आरबीआईले ९० प्रतिशत कायम गरेको छ ।
आरबीआईले आवास क्षेत्रमा लगानी गर्ने राष्ट्रिय आवास बैंक र कृषि तथा ग्रामीण विकास क्षेत्रमा लगानी गर्दै आएको नाबार्डलाई ५०/५० अर्बको आर्थिक सहायता समेत उपलब्ध गराएको छ । त्यस्तै, अन्य बैंकहरुको नगद व्यवस्थापनका लागि बैंकहरुको सीआरआरमा लचकता अपनाइने जनाइएको छ ।
बैंकले केभी कामाथको नेतृत्वमा एउटा कमिटी गठन समेत गरेको छ । यसले आरबीआईले ल्याएको रिजोल्युसन प्लानको व्यवस्थामा थप परिमार्जनका लागि सुझाव दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
-
‘राम नाम सत्य’मा विराजपछि भित्रिए सुशील
-
डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा
-
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग