सुशान्तको अकाउन्टबाट करोडौं निकालेको आरोप लागेकी रिया बयान दिन पुगिन् इडी कार्यालय
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको आरोपमा घेरिएकी अभिनेत्री रिया चक्रवर्ती प्रवर्तन निर्देशनालय अर्थात् इडीमा आफ्नो बयान दर्ता गर्न मुम्बईस्थित कार्यालय पुगेकी छिन् ।
यसअघि रियाले आफ्नो बयान दर्ता गराउने समय बढाउन आग्रह गरेकी थिइन् । रियाका अनुसार उनको याचिका सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्चको आदेशपछि नै इडीले बयान दर्ता गर्नुपर्छ ।
इडील रिया चक्रवर्तीलाई नोटिस जारी गर्दै शुक्रबार बयान दर्ता गर्न बोलाएको थियो ।
इडीले यो मामिलामा कथित आर्थिक अनियमिताको अनुसन्धान गरिरहेको छ । रियामाथि सुशान्तको खाताबाट १५ करोड निकालेर आफ्नो कम्पनीमा लगानी गरेको आरोप छ ।
सुशान्त सिंहको शव जून १४ मा उनको मुम्बईस्थित घरमा भेटिएको थियो । मुम्बई प्रहरीले यसलाई आत्महत्या ठानेर अनुसन्धान गरिरहेको छ ।
यसैबीच ईडीले सुशान्तका बिजनेस म्यानेजर श्रुती मोदीलाई पनि सोधपुछका लागि बोलाएको छ । सुशान्तका साथी सिद्धार्थ पिठानीसँग ८ अगस्टमा सोधपुछ गरिनेछ । रियाले सर्वोच्च अदालतमा याचिका दर्ता गरेर पटनमा उनीविरुद्ध दर्ता भउको मुद्दा मुम्बईमा स्थानान्तरण गर्न आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण