पाकिस्तानले आइतवारदेखि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने
एजेन्सी । पाकिस्तान सरकारले देशभरका सबै विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सञ्चालन गर्ने घोषणा शुक्रबार गरेको छ । कोभिड–१९ नियनत्रणका लागि भनी बन्द सेवालाई सरकारले सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।
पाकिस्तानले कोरोनाभाइरसको महामारीको कारण मार्च २१ मा सबै अन्तर्राष्ट्रिय उडानहरू र मार्च २ देखि घरेलु उडानहरू स्थगित गरेको थियो । नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा जारी गरिएको एक सूचनामा अगस्ट ९ देखि सेवालाई पुनः सुरू गर्ने जनाइएको पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ । सरकारले भाइरस सङ्क्रमणका घटनाहरूलाई घटाउने सम्बन्धमा धेरै प्रतिबन्धहरू हटाउने घोषणा गरेको एक दिन पछि उक्त निर्णय लिएको हो ।
उड्ययन प्राधिकरणका कर्मचारीका लागि जारी सूचनामा भनिएको छ– ‘पाकिस्तान सरकार कोभिड–१९ को रूपमा उपलब्ध सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट र सबै अन्तर्राष्ट्रिय यात्रुहरूको सेवाहरूको अनुमति दिन पाउँदा खुशी छ । विदेशबाट पाकिस्तानी र पाकिस्तानबाट अन्य मुलुकसँगको अन्तर्राष्ट्रिय तालिकाबद्ध उडान कार्यक्रमहरूलाई सन् २०२० को गृष्मकालीन तालिका अनुसार निरन्तरता दिने निर्णय भएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडान सेवाहरू स्थापित मार्गनिर्देशन तथा मानकको आधारमा सञ्चालन गरिनेछन् ।’
उड्ययन प्राधिकरणका कर्मचारीका लागि जारी अर्को एक सूचनामा प्राधिकरणले सबै प्रकारका आन्तरिक उडानलाई पनि सबै विमानस्थलबाट प्रचलित नियमानुसार उडान भर्न अनुमति दिइनेछ । उड्डयन विभागले एक दिन पहिले नै आन्तरिक उडान सेवाहरू अगस्ट ६ को मध्यरातदेखि देशभर पुनःसञ्चालन गरिने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण