शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा चट्याङ्गसहित वर्षा
जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ ।
मौसम विज्ञान विभागले प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भूभागहरुमा समान्य देखि पूर्ण बदली रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भइरहेको जनाएको छ ।
यसैगरी, दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, राति देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
र, प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै–थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण