इंग्ल्याण्डमा शनिबारदेखि ‘फेस मास्क’मा थप कडाई
लन्डन – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई कम गर्न इंग्ल्याण्डमा आज शनिबारबाट फेस मास्कको प्रयोगलाई थप कडाइका साथ लागू गरिएको छ ।
गत जुलाई २४ देखि दोकान, शपिंग सेन्टर, बैंक, टेकअवे, पोष्ट अफिस, स्याण्डविच पसल, तथा सुपरमार्केटमा मास्कको प्रयोग गरिदै आएकोमा अबदेखि अन्य विभिन्न स्थानहरुमा समेत मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
सरकारद्वारा जारी नयाँ नियमअनुसार शनिबारबाट सिनेमा हल, म्युजियम र पूजा गर्ने स्थलहरुमा समेत मास्कको अनिवार्य प्रयोग गरिएको छ । सार्वजनिक यातायातमा पनि पहिलादेखि नै मास्क अनिवार्य गरिएको छ ।
तर, ११ वर्ष भन्दा कम उमेर भएकाको लागि भने मास्कको प्रयोग अनिवार्य गरिने छैन । यसैगरी शारीरिक अपाङ्गता भएका, स्वास्थ्य स्थिति कमजोर भएका, तथा मास्कको प्रयोग गर्दा शारीरिक, मानसिक लगायत विभिन्न रोगमा असर पर्ने भएमा पनि मास्कको प्रयोग अनिवार्य हुने छैन ।
सरकारको यस नीतिलाई पालना गराउनको लागि प्रधानमन्त्री बोरिस जोन्सनले गृह मन्त्रालयलाई यसघि नै निर्देशन दिइसकेका छन् । मास्कको प्रयोग सम्बन्धि नियमको उलंघन गरेमा एक सय पाउण्डसम्मको जरिवाना गरिने नियम यसघि नै सरकारले लागू गरिसकेको छ । मास्कको सट्टामा सामान्य स्काफको पनि प्रयोग गर्न सकिनेछ, जसले नाक र मुखलाई ढाक्न सकोस । आफ्नो परिचय खुलाउनुपर्ने स्थानहरु बैंक लगायत उमेरको हदबन्दी तोकिएको ठाउँमा मास्क हटाउन सकिनेछ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मास्कको प्रयोगमा थप कडाइ गरेको हो । बेलायतमा कोरोना भाइरसबाट शुक्रबारसम्म ४६ हजार ४ सय १३ जनाको ज्यान गैसकेको छ । यसैगरी गएको २४ घन्टामा थप ९ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको दोस्रो तरङ्ग आउन सक्ने भन्दै यसको नियन्त्रणमा सबैले एकजुट हुन प्रधानमन्त्री बोरिस जोन्सनले आग्रह गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण