दुर्घटनामा साइकलयात्रीको मृत्यु, डुबेर बालकको ज्यान गयो
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट आज सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका यादवको तत्काल स्थानीय युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम गइरहेको साइकलयात्रीलाई स१०प ८४९८ नंको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।
यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित पोखरीमा डुबेर एकजना बालकको समेत मृत्यु भएको छ । स्थानीयवासी राधेकुमार मण्डलको ५ वर्षीय छोरा शिवम मण्डलको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
घर नजीकैको पोखरीमा नुहाउन गएको बेला शिवम पोखरीमा डुबेको स्थानीयवासीले बताएका छन् । शवपरीक्षणका लागि गजेन्द्रनारायण सिँह अस्पतालमा ल्याएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण