आइतबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा
जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।
पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भइरहेको छ।
साथै, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विज्ञान विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी, राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण