कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु
जनकपुर – धनुषामा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ ।
केही दिनदेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको पुरुषको आइतबार विहान मृत्यु भएको हो ।
मिथिला विहारी नगरपालिका वडा नम्बर ५ घर रहेका पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली गएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
जनकपुर स्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका सो पुरुषलाई करिब एक सातादेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या रहेको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद मण्डलले जानकारी दिए ।
उनले भने– ‘उनी दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आईरहेका थिए । यद्यपि आफू अस्वस्थ रहेको कुरो कसैलाई बुझ्न उनले दिएको थिएन ।’
यता मृतकको शव अहिले पनि विनयतारा फाउण्डेशनमै रहेको छ । उनको शवको व्यवस्थापन र शव संकलनको कार्य प्रकृया अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनका अनुसार मृतकको स्वाब संकलनसंगै कन्ट्याक्ट ट्रेसिङको कार्यसमेत अघि बढाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण