अब ब्यवसायिक गाडीहरु पनि अनलाइनबाटै खरिद विक्री : शशिला मोटर्सले सुरु गर्यो सेवा
काठमाडौं । टाटा मोटर्सका ब्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङको आधिकारिक डिलर शशिला मोटर्सले गाडी खरिदका लागि अनलाइन सुविधा दिने भएको छ ।
शशिला मोटर्सले कोभिड –१९का कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको हो ।
यससँगै अब उपभोक्ताले टाटाका ब्यवसायिक गाडीहरु सजिलै अनलाइनबाटै खरिद गर्न सक्नेछन् । शशिला मोटर्सले www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो । यसअघि केही कम्पनीहरुले निजी कार अनलाइनबाट खरिद विक्री गर्ने गरेको भए पनि ब्यवसायिक गाडीहरुमा यस्तो सुविधा थिएन ।
वेबसाइट शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद विक्री गर्न यो भर्चुअल शोरूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।
शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताए । अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ ।
वेब साइट भित्रको भर्चुअर शोरुममार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन् । यो सेवा अन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ ब्यवसायिक गाडीहरु अनलाइनमै बुकिङ्ग गरि खरिद गर्न सकिनेछ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधा वाहेक पुराना गाडी समेत खरिद विक्री गर्न पाउनेछन् ।
आपुसँग भएका पुराना ब्यवसायिक गाडी विक्री गर्न चाहने विक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेब साइटमा अपलोड गर्न सक्नेछन् । शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने विक्रेताविच समन्वय गरिदिनेछ भने आफैंले पनि पुराना गाडी किन्नेछ । क्रेताले विक्रेतासंग भएको गाडी प्रत्यक्ष हेर्न चाहेको अवस्थामा समेत कम्पनीले त्यसको ब्यवस्था मिलाइदिनेछ । जसले गर्दा पुराना गाडी किन्न वा बेच्न चाहनेले अन्यत्र कतै भौंतारिनु पर्ने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण