जोरबिजोरले झनै बढ्यो यात्रुको भिडभाड, प्रहरीको आँखा छल्दै नियम मिच्दै (तस्बिरमा हेर्नुहोस्)
काठमाडौं । सरकारले उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि सडकमा सवारीसाधनको चाप उस्तै देखिएको छ । राजधानीका सडकमा आइतबार बिजोर नम्बर प्लेटको सवारीसाधन चल्ने भएपनि प्रहरीको आँखा छल्दै जोर नम्बरका सवारीसाधन पनि उल्लेख्य रुपमा चलेका छन् । यद्यपि चोकचोकमा प्रहरीले चेकजाँचमा कडाइ गरिरहेको छ ।

शुक्रबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबारदेखि प्रशासनबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अरु सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । तर, जिल्लाका अन्य सरकारी सेवाहरु, उद्योग कलकारखाना, सार्वजनिक यातायात लगायतले दिने सेवाहरु भने निर्वाध सञ्चालनमा रहेका छन् । भलै यातायातमा भने जोरबिजोर लागू गरिएको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारी तहबाट अत्यावश्यक अवस्थामा बाहेक हिँडडूल नगर्न निरन्तर आग्रह हुँदै आएपनि सडकमा भिडभाड उस्तै देखिन्छ ।
शनिबारसम्मको तथ्यांकअनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा शनिबारसम्म एक हजार ४४ जना संक्रमित भेटिएका छन् । तीमध्ये ८ सय ६ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ८ सय २२, ललितपुरमा १ सय ३७ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । लकडाउन खुला भएसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको हो।
तस्बिरहरु : कृष्ण खड्का









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण