आठ घण्टाको सोधपुछमा स्पष्ट जवाफ भेटिएन, रियासँग इडीले पुनः गर्नेछ केरकार
सुशान्त सिंह राजपूतको केसमा रिया चक्रवर्तीको मुश्किल बढिरहेको देख्न सकिन्छ । सुशान्त सिंह राजपूतको अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार रिया चक्रवर्तीसँग ८ घण्टा सोधपुछ गरेको थियो । यो दौरानमा रियाले इडीका केही प्रश्नको स्पष्ट जवाफ नदिएको बताइएको छ । खबरका अनुसार इडीले एकपटक पुनः रियासँग सोधपुछ गरेर अन्य जानकारी हासिल गर्ने प्रयास गर्ने बताइएको छ ।
रिपोर्टका अनुसार रिया चक्रवर्तीसँग सोधपुछका लागि इडीले अर्को एउटा समन जारी गरेको छ । इडीले रियालाई सोधपुछका लागि सोमबार पुनः उपस्थित हुन भनेको छ । स्मरण रहोस्, शुक्रबार रियालाई लामो सोधपुछपछि शनिबार उनका भाइ शौविक चक्रवर्तीसँग लगभग १८ घण्टा सोधपुछ गरिएको थियो । अब सोमबार पुनः रियासँग सोधपुछ गरिने भनिएको छ । सोमबार पनि रियासँग उनको सम्पत्ति र आम्दानीसँग जोडिएका प्रश्नको जवाफ सोध्ने अनुमान गरिएको छ ।
#NewsAlert | ED issues summons to Rhea Chakraborty once again. She has been asked to appear before the investigating agency tomorrow. | #RheaArrestNext pic.twitter.com/6xI80BVfJd
— TIMES NOW (@TimesNow) August 9, 2020
इडीले आफ्नो अनुसन्धानमा रिया चक्रवर्तीसँग मुम्बईको खार ईस्ट र नवौं मुम्बईमा समेत फ्ल्याट छ । त्यसपछि इडीले रियासँग यी सम्पत्तिबारे जानकारीसहित उनको पछिल्लो पाँच वर्षको इनकम ट्याक्सको माग पनि गरेको छ । स्मरण रहोस्, सुशान्त सिंह राजपूतका परिवारले रिया र उनको परिवारले सुशान्तको खाताबाट १५ करोड भारु निकालेको आरोप लगाएका छन् । त्यसपछि नै इडीले यसबारे आफ्नो अनुसन्धान सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रचण्डद्वारा उद्घाटन (तस्बिरहरू)
-
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद, परीक्षण गर्न काठमाडौँ पठाइँदै
-
आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुली बजार क्षेत्र, तस्बिरहरू
-
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला
-
लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण : सभामुख घिमिरे
-
कोशीमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री